सभा, सेमिनार, स्वागत कार्यक्रममा नबोलाइदिनुहोलाः मेयर आचार्य

काठमाडाैं | जेठ १७, २०७९

सभा, सेमिनार, स्वागत कार्यक्रममा नबोलाइदिनुहोलाः मेयर आचार्य

पोखरा: पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले अत्यावश्यकबाहेकका कुनैपनि कार्यक्रममा नबोलाइदिन सर्वसाधारणसमक्ष अपील गरेका छन् । 

 

पदभारपछि अब काम गर्नुपर्ने बेला भएको भन्दै मेयर आचार्यले उद्घाटन, सभा, सेमिनारलगायतका कार्यक्रममा नबोलाउन आग्रह गरेका हुन् । ‘तपाइहरुको अमूल्य मतको कदर गर्दछु’ आचार्यले भनेका छन् ‘अब काम गर्न दिनुहोस् ।’ 

 

उनले नगरवासीसमक्ष अब योजना तथा कार्यक्रममा जुट्ने समय भएको भन्दै अनावश्यक काममा नअल्झाउन र सुझाव दिनसमेत अनुरोध गरेका छन् । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्